नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापति देउवाको निजि निवास बुढानीलकण्ठमा बिहान बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि राति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।
प्रकाशित मिति : 10:07









