२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले छाडेर कांग्रेसतिर लागेका माधव नेपालसहित २२ सांसद चिनाैँ

७ जेठ, काठमाडाैँ । नेकपा (एमाले) छाडेर माधवकुमार नेपालसहितका २२ सांसद नेपाली कांग्रेसको पछि लागेका छन ।एमालेको अनुशासन, नीति, बिधि र पद्धति सबै छाडेर उनीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा पुगेका छन ।

कतिपयले माधवकुमारन नेपालले आफ्नो हस्ताक्षर दुरूपयोग गरेर कांग्रेसतिर देखाउन खोजे पनि त्यसो नभएको बताएका छन । माधवकुमार नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ नेता मानेर सरकार प्रमुख बनाउनुपर्छ भनेर लाग्नेहरूको नाम तल हेर्न र पढ्न सक्नुहुन्छ ।

नेपालले देउवाकोमा पुर्याएको २६ नाम भए पनि चार जनाले आफूहरू एमाले छाड्ने अवस्थामा नरहेको बताएका छन । यद्यपी विस्तारै अन्यले पनि बताउँदै जानेलान । अहिलेसम्म उल्लेखित २२ सांसद देउवासँग सहमत भएका छन ।

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीमबहादुर रावल

४. भवानी खापुङ

५. यज्ञराज सुनुवार

६. गणेश पहाडी

७. विरोध खतिवडा

८. कृष्णलाल महर्जन

९. जीवनराम श्रेष्ठ

१०. घनश्याम भुसाल

११. सोमप्रसाद पाण्डे

१२. मेटमणी चौधरी

१३. झपट रावल

१४. पवित्रा निरौला खरेल

१५. दिपकप्रकाश भट्ट

१६. रामकुमारी झाँक्री

१७. सरला यादव

१८. पुष्पाकुमारी कर्ण

१९. कल्याणी खड्का

२०. निरादेवी जैरु

२१. लक्ष्मीकुमारी चौधरी

२२. मुकुन्द न्यौपाने

प्रकाशित मिति : 23:02