२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपालको साथ छाडेपछि योगेश भट्टराईले भनेः एमालेको एकता जोगाउन हस्तक्षार गरिन

७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता योगेश भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाड्नुभएको छ । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई माधवकुमार नेपालले प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेर साथ दिँदा सिंहदरबारको चहलपहलमा उपस्थितित हुनुभएन भने हस्ताक्षर पनि गर्नुभएन ।

एमालेभित्रको हस्ताक्षरको विवाद बाहिर सार्वजनिक भैरहेको समयमा नेता भट्टराईले नेकपा एमालेको एकता जोगाउनका लागि आफूले माधवकुमार नेपाललाई साथ नदिएर आजको निर्णय लिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

प्रकाशित मिति : 20:21