२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालसहित १४९ सांसदको हस्ताक्षर

७ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका गर्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएकाे छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटाएर विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

कांग्रेस नेता गगन थापाका अनुसार देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन एमालेको माधव नेपाल पक्षका सांसदसहित १४९ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 15:23