तपाईंहरु वैकल्पिक सरकार बनाउनुस, एमालेले रचनात्मक सहयोग गर्छः प्रधानमन्त्री ओली
७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई वैकल्पिक सरकार बनाउन अनुरोध गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरेर वैकल्पिक सरकार गठन गरे एमालेले प्रतिपक्षीमा बसेर रचनात्मक सहयोग गर्ने जानकारी गराउनुभयो ।
उहाँले समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि आफूले बाटो खोलिदिएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरेर आफू समय खेर फाल्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ । फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो । मानौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ ?’
प्रकाशित मिति : 13:23









