२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

जसपाको संसदीय दलको बैठक सिंहदरबारमा सुरु

७ जेठ, काठमाडौँ। जनता समाजवादी पार्टीको संसदलीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसद्मा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले संसदीय दलको बैठक बसेको हो। सरकारले जसपाले लामा समयदेखि उठाउँदै आएको माग पूरा गरेकाले जसपा सरकारमा जाने तयारीमा छ । बिहीबार राति अबेरसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपा अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : May 21, 2021 at 12:04 pm