जसपाको संसदीय दलको बैठक बस्दै, सरकारमा सहभागिता जनाउने विषयमा निर्णय हुने
७ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीको संसदलीय दलको बैठक बोलाइएको छ । दलका नेता राजेन्द्र महतोले बैठक बोलाउनुभएको हो । उहाँले बिहान ११ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने गरी बोलाउनुभएको छ ।
राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिनुभएको छ । सरकार गठनका सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको दलका नेता महतोले जानकारी दिनुभयो ।
सरकारले जसपाले लामा समयदेखि उठाउँदै आएको माग पूरा गरेकाले जसपा सरकारमा जाने तयारीमा छ । बिहीबार राति अबेरसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपा अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले छलफल गर्नुभएको थियो ।
प्रकाशित मिति : 09:45









