सत्ताको खेल फुटबल जस्तै हो, केपी ओलीले अझै धेरै गोल हान्छनः पूर्वमन्त्री बस्नेत
७ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ ‘बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने। जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ।’
पूर्वमन्त्री बस्नेतले नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै रहेको बतानु हुँदै भन्नुभएको छ ‘अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन सिल्ड मेडल प्राप्त गरिरहनेछन।’
उहाँले राजनीति बिचार र सिद्धान्तको मात्र विषय नरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो । बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओली बिरुद्ध हात धोएर लागेका विपक्षी दलहरुले संबिधानको धारा ७६(२) अनुसारको सरकार बनाउन निकै मरिहत्ते गरेकै हुन । एमाले फुटाउने, जसपा फुटाउने, राष्ट्रियसभामा निर्दलिय गठबन्धन बनाउने। फ्लोर क्रस गराउने, पार्टी व्हिप विरुद्ध मतदान गराउन लगाउने जस्ता अनेक अलोकतान्त्रिक हर्कत देखाएकै छन। ’
उहाँले पछिल्ला हर्कतको परिकल्पना र निर्माण माअाेवादी र निर्देशन कांग्रेसले गरेको कुरा घाम जतिकै छर्लङ्ग रहेको भन्दै पूर्वमन्त्री बस्नेतले आजको परिवेशमा बनेको धारा ७६(३) को सरकारले बिश्वासको मत पाउने स्थिति नदेखिए पछि,सरकारको सिफारिसमा मार्ग प्रसस्त गर्ने र राष्ट्रपतिमार्फत ७६(५) को सरकारको लागि आव्हान भएको स्पष्ट पार्नुभयो ।
उहाँले संवैधानिक प्रक्रियामा बहुमत पुर्याउन सक्ने हैसियत नभएका केही दलहरु, केही नेता भनाउदाहरु, अनि केही परिचालित मिडिया र केही कथित बुद्धिजीवी भनाउदाहरु प्रधानमन्त्रीलाई गल हत्याउने र राष्ट्रपतिलाइ महाअभियोग लगाउने सम्मका गँजेडी गफमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभएको छ ‘सक्छौ भने बहुमत पुर्याएर नयाँ सरकारको दाबी गर । हामी बिपक्षीमा बस्न तयार छौ । नत्र भने संबिधान अनुसार बन्ने बैकल्पिक सरकार र त्यस्को कामलाइ आलोचनात्मक समर्थन गर । मिडिया र सोसियल मिडियाको रोइलोको कुनै अर्थ छैन।’
प्रकाशित मिति : 08:33









