दूध खुवाएर पालेका साँपले डसेः गाेकुल बाँस्काेटा
६ जेठ, काठमाडाैँ । बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएपछि नेता गोकुल बाँस्कोटाले दूध खुवाएर पालेका साँपले डसेका टिप्पणी गर्नुभएकाे छ ।
नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै आक्रोश पाेख्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ शुरूआत मात्र ।’
उपनिर्वाचनमा एमालेकै माधवकुमार नेपाल पक्षले समर्थन गरेका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनुभएकाे छ ।
प्रकाशित मिति : 18:47









