२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

सूर्य चिन्हमा मत नदिने एमालेको नेता/कार्यकर्ता हुन नसक्ने स्थायी कमिटीको ठहर

६ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको चिन्ह र उम्मेदवारको पक्षमा मत नदिने पार्टीको नेता र कार्यकर्ता हुन नसक्ने ठहर गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एमालेको उम्मेदवार र चिन्हमा मत नदिने काम अक्षम्य अपराध रहेको ठहर गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको र कारबाही गर्ने कुरा भएको जानकारी दिनुभयो । उहाँले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने बताउनुभयो ।उहाँले कार्यदल बनाएर पार्टी एकता बलियो बनाउन लागेको बेलामा यस्ता गतिबिधि हुनु गलत रहेको बताउनुभयो ।

प्रकाशित मिति : 16:16