२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, नेपाललाई काेराेना विरुद्धको खाेप दिन अनुरोध

६ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सरकारसँग कोभिड विरुद्धको अस्ट्रजेनेका खोप उपलब्ध गराउन अनुरोध गर्नुभएकाे छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, मख्यतः कोभिड–१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भएकाे बताउनुभएकाे छ । केहि दिनपहिले प्रधानमन्त्री ओलीले बेलायतबाट प्रकाशित हुने दि गार्डियन पत्रिकामा एक लेख प्रकाशित गरी नेपाललाई सहयोगका लागि आग्रह समेत गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : 13:50