३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

हेटाैँडाबाट गोकुल बास्कोटाले भनेः बादलमात्र लागेको हैन पानीले पनि स्वागत गर्यो

६ जेठ, काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको उपनिर्वाचन भैरहेको हेटाैँडाबाट नेकपा एमालेका उम्मेदवार रामबहादुर थापामगर बादलले चुनाव जित्ने संकेत गर्नुभएको छ । मतदान करिब सकिन लागेको समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो संकेत गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘हेटौडामा बादल मात्र लागेको छैन पानीले स्वागत पनि गरिरहेको छ। मौसम राम्रो छ।’ मतदानको क्रममा बादललाइ एमालेभित्रको माधवकुमार नेपाल समूहका कतिपय नेताले मत नदिए पनि कांग्रेस र माओवादीका कतिपय मतदाताले भने मत दिएको बुझिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १३:४४