२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा (एमाले)को विवाद समाधान कार्यदलको दाेस्राे बैठक सिंहदरबारमा बस्दै

५ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको दाेस्राे बैठक आज सिंहदरबारमा बस्दै छ । कार्यदलको बैठक साँझ ७ बजे बस्ने अध्यक्ष केपी शर्मा ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गर्नु भएका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । मंगलबार बसेकाे कार्यदलको बैठकले पार्टीभित्र अन्तरबिरोध हुने काम नगर्न नेता र कार्यकर्तामा आव्हान गरेको छ । त्यस्तै, पार्टीमा एकता र समझदारीलाई बृद्भि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरबिरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गरिएको  थियाे ।

आजको बैठकले भोलि हुने राष्ट्रियसभाको उप-चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउने बताइएकाे छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।

 

प्रकाशित मिति : 12:05