२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

पार्टीभित्र अन्तरबिरोध हुने काम नगर्न एमाले कार्यदलको आव्हान (निर्णयसहित)

४ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को विवाद समाधान कार्यदलले पार्टीभित्र अन्तरबिरोध हुने काम नगर्न नेता र कार्यकर्तामा आव्हान गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकले पार्टीमा एकता र समझदारीलाई बृद्भि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरबिरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गरिएको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।

उहाँले बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय पनि गरेको जानकारी दिनुभयो । बैठकले पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन पार्टीपंक्तिलाई सहयोग र सद्धभाभवको आगि आग्रह गर्ने निर्णय भएको विष्टले बताउनुभयो । कार्यदलको बैठक भोलि पुनः बस्नेछ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो । आजका बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।

प्रकाशित मिति : 17:42