राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको जानकारी संसद् सचिवालयमा
४ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको जानकारी संसद् सचिवालयलाई गराएको छ । महतोलाई गएको वैशाख ३० गते बसेको संसदीय दलको बैठकले नेता चुनेको जानकारी गराइएको हो ।
जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ । यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहे/नरहेको बारे प्रष्ट छैन ।

प्रकाशित मिति : 16:03









