२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा (एमाले)को विवाद समाधान कार्यदलको पहिलाे बैठक सिंहदरबारमा बस्दै

४ जेठ, काठमाडौँ । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी सदस्यहरूमा खबर गरिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।

२ जेठमा बनेको कार्यदलको पहिलो बैठक हिजै बस्नुपर्नेमा डा भीमबहादुर रावलको आँखामा समस्या आएका कारण बस्न सकेको थिएन । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।

प्रकाशित मिति : 12:28