२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपालको सुझावले भुइँमा थचारिएपछि माओवादी कार्यकर्ताको सुझाव लिँदै प्रचण्ड

३ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुझावले भुइँमा थचारिएपछि आफ्नै कार्यकर्ताको सुझाव माग्नु भएको छ । उहाँले सार्वजनिक अपिल नै गरेर कार्यकर्ताबाट सुझाव माग्नुभएको छ ।

उहाँको स्वकीय सचिव समेत रहनुभएको छोरी गंगदा दाहाल मार्फत सुझावको अपिल गर्नुभएको छ । माधवकुमार नेपालको सुझावमा लाग्दा नेकपा चोइटियो, अहिले पनि उहाँकै सुझावले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सत्ताबाट सडकमा ल्याउने उद्घोष गरेर लाग्नु भएको थियो तर उहाँ आफैँ सत्ताबाट सडकमा पुग्नुभयो ।

यद्यपी माओवादी आन्दोलन पुनर्गठन गर्ने र कार्यकर्ताको भावना अुनसार पार्टी चलाउन प्रचण्डले जुन प्रयास गर्दै हुनुहुन्छ त्यो सराहनीय रहेको छ । उहाँको सचिवालयको अपिल यस्तो छ ।

हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।
आफ्नो राय सल्लाह सुझाव तलको ईमेल ठेगानामा पठाऊनुहुन अनुरोध छ। धन्यवाद!!
ईमेल ठेगाना: [email protected]

प्रकाशित मिति : 09:52