सिंहदरबारमा ओली-नेपाल वार्ता शुरू, कार्यदलका सदस्य टुंगो लाग्ने
२ जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच प्रधानमन्त्रीको कार्यकक्षमा भेटवार्ता भइरहेको छ । आजको भेट पार्टीमा देखिएको विवाद अन्त्यका लागि कार्यदल गठन गर्ने विषयमा केन्द्रीत रहने बताइएकाे छ।
कार्यदल बनाउने विषयमा यसअघि सहमति भैसकेको । जेठ २ को आसपासमा फर्किएर सहमति खोज्नने विषयमा नेताहरूको बीचमा समझदारी बनिसकेको छ । सम्भवत आजको छलफलबाट उहाँहरूले कार्यदल गठन गर्नुहुनेछ ।
प्रकाशित मिति : 14:16









