खिमलाल देवकोटा हाम्रा उम्मेदवार होइनन्ः एमाले नेता पाण्डे
२ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले राष्ट्रियसभा उपनिर्वाचनमा बागमती प्रदेशमा उम्मेदवार बनेका खिमलाल देवकोटा आफूहरूको उम्मेदवार नरहेको बताउनुभएको छ । उहाँले एमालेका रामबहादुर थापा बादलविरूद्ध उम्मेदवारी दिएका देवकोटा आफूहरूको उम्मेदवार नभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘देवकोटा त नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको उम्मेदवार हुन क्यारे । उहाँहरूले हामीले पनि सहयोग गर्छ भन्ने ठान्नुभएको होला त्यसो हुँदैन ।’ उहाँले देवकोटाको विषयले आफूहरुसँग सरोकार नराख्ने बताउनुभयो ।
प्रकाशित मिति : 12:51









