२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

राष्ट्रियसभा उपचुनावमा राप्रपाले सूर्यमा भोट हाल्ने, कांग्रेस र माओवादी चुनावचिन्ह बिहीन

१ जेठ, काठमाडौँ । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मत दिने भएको छ । राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीलको संयुक्त बैठकले एमाले उम्मेदवारलाई मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मौखिक रूपमा मत मागेको भन्दै राप्रपाले लिखित मात माग्ने विश्वास लिएको  छ। शनिबार तीन अध्यक्षको छलफल भएको समयमा अध्यक्ष थापाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मत मागेको जानकारी गराउनुभएको थियो । त्यसपछि तीनै अध्यक्षले एमालेलाइ मत दिने कुरामा सहमति जनाउनुभएको थियो ।

एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल सूर्यध्वजाबाहक उम्मेदवार हुनुहुन्छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको उम्मेदवार र चुनाव चिन्ह दुबै छैन ।

प्रकाशित मिति : 17:43