२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले शीर्ष नेताको छलफल सिंहदरबारमा जारी, दुबै पक्षका ६/६ नेता सहभागी

ओली ३१ वैशाख, काठमाडौँ । नेकपा एमालेको शीर्ष नेताहरूको छलफल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा हुनुहुन्छ ।

छलफलमा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री एवं पार्टी महासचिव इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, संसदीय दलका उप नेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य विष्णु रिमाल हुनुहुन्छ भने अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त रहनुभएको छ।

छलफलमा सहभागी नेताहरू मध्ये ओली र नेपालबाहेकका नेताहरूको कार्यदल बनाएर त्यसबाट पार्टीलाइ नयाँ ढंगबाट अघि बढाउने खाका तयार गरिरने जनाइएको छ । बैठकमा २०७५ जेठ २ को सेरोफेरोमा मिल्नेगरी स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने विषयमा कुराकानी भैरहेको बुझिएको छ ।

प्रकाशित मिति : 19:30