देउवालाई फेरि निराश पारेर बुढानिलकण्ठबाट फर्किए महन्थ ठाकुर र राजेन्द्र महतो
३० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निराश पारेर जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो फर्किनुभएको छ। देउवाले नयाँ सत्ता समिकरणमा सहयोग गरिदिन गर्नुभएको आग्रह अस्वीकार गरेर ठाकुर र महतो फर्किएको जसपाका एक नेताले जानकारी दिनुभयो ।
देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन आग्रह गर्नुभएको थियो । नेकपा एमालेभित्र माधव नेपाल समूहको राजिनामा समेत अलमलमा परेपछि देउवाले बिहीबार बूढानीलकण्ठमामा बोलाएर सरकारका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
देउवालाइ जवाफ दिनेक्रममा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको स्पष्ट पार्नुहँदै जसपाले विज्ञप्ति मार्फत र राष्ट्रपतिलाइ समेत भेटेर तटस्थ बस्ने कुरा जानकारी गराएको बताउनुभयो । त्यसपछि देउवाले कांग्रेसको पदाधिकारी बैठक बोलाउनुभएको छ।
प्रकाशित मिति : 13:47









