नयाँ सरकार बनाउने काममा नलाग्ने बताएको जसपाको पदाधिकारी बैठक बस्दै
३० वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले पदाधिकारीको बैठक बोलाएको छ। पार्टी कार्यालय बबरमहलमा पार्टी पादधिकारीको बैठक डाकिएको एक नेताले दैनिकीलाइ जानकारी दिनुभयो । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटे लगत्तै पदाधिकारी बैठक बोलाउनुभएको हो ।
यसअघि हिजो दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर ठाकुर र महतोले राष्ट्रपति भण्डारीलाइ जसपा बहुमतिय सरकारको खेलमा नरहेको भन्दै पत्र मार्फत जानकारी गराउनुभएको थियो । जसपा अध्यक्ष ठाकुरले विज्ञप्ति नै जारी गरेर नयाँ सरकार गठनको खेलमा नलाग्ने स्पष्ट पार्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय सरकार गठनका लागि दलहरूलाइ दिनुभएको समय आज राति ९ बजे सकिदैछ । त्यस समयसम्ममा पनि दलहरूले बहुमति सरकारका लागि दाबी पेश गर्न नसके अर्को प्रकियामा सरकार गठनको काम अघि बढाउने राष्ट्रपति कार्यालयको तयारी छ ।
प्रकाशित मिति : 14:17









