सकियो जसपाको पदाधिकारी बैठक
१४ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का पदाधिकारी बैठक सकिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि पार्टी कार्यालय बालकुमारी ललितपुरमा मंगलबार बैठक बसेको थियो । आजको बैठकमा नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई सहभागी रहेका थिए । बैठकमा कुनै सहमति हुन नसकेपछि भोली फेरी बस्ने भन्दै नेताहरु बाहिरिएका छन् । जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् ।
प्रकाशित मिति : 14:16









