नेपाल र खनाल पक्षलाई बाँस्कोटाकाे सुझावः अंश र वंश चाहिए घरमै बस मुग्लान नपस
२० चैत, काठमाडाैँ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव नेपाल र झलनाथ खनाल पक्षलाई लक्षित गर्दै अंश र वंश चाहिए घरमै बस्नुपर्ने टिप्पणी गर्नुभएकाे छ । उहाले शुक्रबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै घाम छाडेर कोही कोही एमाले मेरै हो भनेर प्रमुख शहरहरूमा घर खोज्ने चटारोमा किन दौडिएका हुन भन्दै प्रश्न गर्नुभएकाे छ ।

उहाले भन्नुभएकाे छ, नेकपा राम्राे हाे, सूर्य चिन्ह हाम्राे हाे भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काकाे कस्ताेविधी झल्काे आइराछ। फेरि ‘कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन् ? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ । आठ दश महिना पछि कस्ले बास देला र?’

प्रकाशित मिति : 16:18









