१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ चैत, काठमाडाैँ । दुई माइक्रोफाइनान्स सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ। डिप्रोक्स लघुवित्त, महुली लघुवित्त र संग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि मंगलबारबाट बुकक्लोज गर्ने भएकोले सोमबारसम्म कायम शेयरधननीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्न चैत २० गते, शुक्रबार होटल मोनालिसा, सौराहा,चितवनमा १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै,सांग्रीला डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्न चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सोह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। र महुली लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्न चैत २५ गते बुधबार विहान ११ बजे केन्द्रिय कार्यालय महुली,सप्तरीमा ८ औं वार्षिक साधारण सभा बोलाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १०:२७