१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

आइतबार नेप्सेमा वोमी लघुवित्तको सेयर सूचिकृत

८ चैत, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ । नेप्सेमा  वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँए पश्चात कायम भएको ५ लाख ७ हजार ४२० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली अनुसार कारोबार गर्न सक्ने गरी सूचीकृत भएको हो ।

याेसँगै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का गरेर राखिएको कम्पनीको शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा गरेको छ । दुई लघुवित्त बीच मर्जर सम्झौता भएपछि गत भदौ २६ गते देखि दोस्रो बजारमा कारोबार रोक्का भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १६:३९