१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मिर्मिरे लघुवित्तको बोनस समायोजन पछिको मूल्य कति ?

८ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । नेप्सेले लघुवित्तको ९.१९ बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १३७१ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य १४९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । लघुवित्तले चैत १८ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तकाे साधारण सभा पञ्चकन्या ब्याङ्कवेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, स्वेडा लघुवित्तलाई प्राप्तिपश्चात शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १०:३६