१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिहीबार पनि बढ्याे सुनको मूल्य, कति पुग्यो तोलाको ?

५ चैत, काठमाडाैँ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार  छापावाला सुन तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार  तेजावी सुनको मूल्य तोलाको ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार  तोलाको १२७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको १२९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ११:४१