१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बुधबार नेप्सेमा २ करोड ८४ लाख कित्ता बोनस सेयर सूचिकृत

४ चैत, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड बाेनस सेयर सूचिकृत भएको हाे । स्टकका अनुसार लुम्बिनी विकास बैंक लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे २ कराेड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर सूचिकृत भएको हाे । र  नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २.५ प्रतिशत बाेनस बराबरकाे १५ हजार कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १७:१४