१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टले नियुक्त गर्यो बिक्री प्रबन्धक

४ चैत, काठमाडाैँ । सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेकाे हाे । बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । आजै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।

सर्वाेत्तम सिमेन्ट लिमिटेडले नेपाल मै पहिलाे पटक बुक विल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई  ७५० मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १०% घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १२:३८