१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेप्सेले माग्यो इन्फ्रास्ट्रक्चर बैंकसँग स्पष्टिकरण

४ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग ३ दिने स्पष्टिकरण मागेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केहि दिन अघि एक कार्यक्रममा बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भइरहेको बताएका थिए। उनले चालु आर्थिक वर्ष भित्रै लण्डन स्टक एक्चेञ्जमा सूचीकृत गर्ने तयारी भइरहेको जनाएका थिए। नेप्सेले यहि समचारलाई आधार मानेर बैंकसंग स्पष्टिकरण माग गरेको हो। उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल गरेको हो ?

चालु अार्थिक बर्ष भित्रमानै ८.५ प्रतिशतकाे व्याज ताेकी त्यस कम्पनीले बन्ड जारी गर्ने र लण्डन स्टक एक्सचेञ्जमा सुचिकृत हुने भन्ने समाचार कति मात्रामा सत्य हाे ? कम्पनीकाे  १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ? भन्ने सम्बन्धमा सत्य के हाे र  बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न  बैंकलाई  निर्देशन गरेको हाे ।

प्रकाशित मिति : March 17, 2021 at 12:22 pm