१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बुधबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?

४ चैत, काठमाडाैँ । बुधबार सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेर छ । मंगलबार  तोलाको ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलाको १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार ११:३४