२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

लेनदेनको विषयमा विवाद हुँदा चन्द्रागिरीमा १ जनाकाे हत्या

२९ पुस , काठमाडौँ ।  चन्द्रागिरी नगरपालिका-४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या गरेको अभियोगमा सोही नगरपालिका-२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान गर्नेक्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : January 13, 2021 at 12:40 pm