३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेपाल प्रहरीका ९ एसएसपी डीआइजीमा बढुवा सिफारिस (सूचीसहित)

१३ पुस, काठमाडाैँ । गृहमन्त्रालयका सचिवको अध्यक्षतामा आज बसेको बढुवा समितिले ९ एसएसपीलाई डीआइजी बढुवा सिफारिस गरेको छ । डीआइजी बढुवा सिफारिस हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । बढु्वा समितिले बरिष्ठताका आधारमा एसएसपीहरुलाई डीआइजी बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने ८ एसएसपीआइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । दिवेश लोहनी मात्र एआइजी विश्व ब्पोखरेलका ब्याची हुन् ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १७:५७