अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग गरिन् विवाह
२२ मंसिर काठमाडौँ । अभिनेत्री श्वेता खड्काले आज विजयेन्द्रसिंह रावतसँग विवहा गरेकी छन्।श्वेताले सामाजिक सञ्जाल मार्फत विवहाको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्।

विवहा दुई परिवारका सदस्य सहित गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो। कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २९७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवहा गरेकी थिइन्।विवहाको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।

श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। श्वेतालाई लाखौं दर्शकले दोस्रो विवहा गर्न सुझाब दिइरहेका थिए ।
प्रकाशित मिति : December 7, 2020 at 3:46 pm









