१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सानिमा बैंकले घोषणा गर्यो लाभांश, बोनस सेयर र नगद कति ?

२८ असाेज, काठमाडाैँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज २७ गते दिउँसो बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको १३.६० प्रतिशत लभांश घोषणा गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ।

प्रकाशित मिति : October 14, 2020 at 11:17 am