१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

प्रि म्याचिङ सेसनमा म्याचिङ हुन नसकेपछि भएन जनरल इन्स्योरेन्सको कारोबार

२७ असाेज, काठमाडाैँ । नेपाल स्टक जनरल इन्स्योरेन्सको कम्पनीको शेयर आज कारोबार हुन सकेन । नेप्सेमा आज विहान भएको प्रि म्याचिङ सेसनमा म्याचिङ हुन नसकेपछि कारोबार नभएको हो । जनरल इन्स्योरेन्सको आजदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने गरी असोज २६ गते सोमबार नेप्सेमा सूचीकृत भएको थियो।

इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। जनरल इन्स्योरेन्सकाे पहिलो कारोबार भोलिको स्पेशल प्रि ओपन सेसनमा गर्न सकिनेछ। भोलिको स्पेशल प्रि ओपन सेसनमा म्याचिङ्ग भइ कारोबार भएपछि मात्रै नियमित सेसनमा कारोबार गर्न पाइने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १२:०१