१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नबिल बैंकले जारी गर्याे ग्राहकहरुका लागि अत्यन्त जरुरी सूचना

२७ असाेज, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना जारी गरेको छ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।

बैंकमा खाता खोले पश्चात ग्राहक पहिचान विवरणमा परिवर्तन भई बैंकमा अद्यावधिक गराउन छुटाएका वा २०६९ फाल्गुण २ गते भन्दा अघि खाता खोलेका तर हालसम्म ग्राहक पहिचान विवरण अद्यावधिक नगराएका ग्राहकहरुलाई कार्तिक मसान्तसम्म ग्राहक पहिचान विवरण अद्यावधिक गराउन आग्रह गरेको छ ।


ताेकिएकाे समयभित्र विवरणहरु अध्यावधिक नगराएमा  वा विवरण पुरा नभएका खाताहरु संचालनमा पूर्ण रोक लगाउने बैंकले जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ११:०५