जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि दाेस्राे बजारमा काराेबार हुने
२६ असोज, काठमाडाैँ । सोमबार जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

साधारण शेयर नेप्सेमा सूचीकृत भएसँगै असाेज २७ गते, मंगलबारबाट जनरल इन्स्योरेन्सको शेयर कारोबार दोस्रो बजारमा शुरु हुने भएको छ। पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ।

प्रकाशित मिति : October 12, 2020 at 12:35 pm









