१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सनराइज बैंकद्धारा वार्षिकोत्सवकाे अवसरमा विभिन्न संस्थालाई सहयाेग

२५ असाेज, काठमाडाैँ । सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवका अवशरमा विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत बाल मन्दिर लगायत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो । बाल मन्दिरलाई १ लाख ५० हजार, विद्यार्थीहरुलाई क्लाइमेट सम्बन्धि उद्यमशिलता तालिम प्रदान गर्न हिमालय क्लाइमेट इनिसिएटिभलाई १ लाख ५० हजार र भानू माविमा इ लर्निङ प्लाटफर्म बनाउन जोन्ट क्लबलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक मिसकलबाट एनइएको बिल भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । कोभिडका कारण ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डिजिटल सेवालाई प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनुभयो ।


बैंकले वार्षिकोत्सवका अवशरमा भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्नेलाई ५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकका कार्ड होल्डरले मात्रै पाउनेछन । यस्तै बसमा र प्लेनमा सनराइज स्मार्टबाट टिकट खरिद गर्दा क्रमशः २ सय र ५ सय रुपैयाँ क्यासब्याकको सुविधा पनि दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १३:४६