१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कमरेड प्रचण्ड ! दुई पटकसम्म प्रधानमन्त्री हुँदा कालापानीबारे किन थाहा पाउनुभएन ?

१० साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति गम्भीर असहमति जाहेर गरेका छन । नयाँ नक्साको विषयमा प्रचण्डले मपाइत्व गरिरहेको समयमा मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत गम्भीर असहमति जनाएका हुन ।

मुख्यमन्त्री पोखरेलले दुइ पटक प्रधानमन्त्री हुँदा कालापानी सुन्न र जान्न नचाहेका प्रचण्डले अहिले नयाँ नक्सा जारी आफ्नो निर्देशनमा जारी भएको भनेर मपाइत्व गरेकोमा असहमति जनाएका हुन । उनले लेखेका छन ‘कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको ?’

प्रकाशित मिति : 18:15