हत्यारालाई सजाए छुट दिने सर्वाेच्चकाे निर्णयले न्याय मरेको अनुभूति भयाेः सचेतक चाैधरी
९ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक तथा सांसद शान्ता चाैधरीले हत्यारालाई सजाए छुट दिने सर्वाेच्चकाे निर्णयले न्याय मरेको अनुभूति भएकाे बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फ चाैधरीले उक्त कुरा बताएकी हुन् ।

आफ्नी श्रीमतीको हत्या गरेर जेल सजाए भाेगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएपछि सांसद चाैधरीले हत्यारालाई जेल सजाए छुट दिने सर्वाेच्च आदलतकाे निर्णयले अपराधीहरुको मनोबल बढेकाे भन्दै आम जनताको अदालत प्रतिको विश्वासमा आघात पुगेको बताएकी हुन् ।
जनतालाई न्याय मरेको अनुभूति भएको बताउँदै उनले यो बिषयमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दोषीलाइ उचित कारबाही गर्नुपर्मा जाेड दिएकी छिन् ।

प्रकाशित मिति : July 24, 2020 at 11:55 am









