१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

न्यायको हत्या भयोः मुख्य सचेतक भट्टराई

९ साउन, काठमाडाैँ । नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्य एवं राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक खिमलाल भट्टराईले प्रधानन्यायाधीशबाटै न्यायको हत्या भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै मुख्य सचेतक भट्टराईले न्यायको हत्या भएको जनाएका हुन ।

सशस्त्र प्रहरीका पूर्व डिअाइजी रञ्जन कोइरालाको मुद्दाको सन्दर्भ उप्काउँदै मुख्यसचेक भट्टराईले छोटोमा न्यायाको हत्या भएको भन्दै प्रतिक्रया जनाएका हुन । यसअघि नेकपाकै युवा नेता एवं सांसद विशाल भट्टराईले पनि न्याय बेचिएको भन्दै प्रधानन्यायाधीश माथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेका थिए । 

यसअघि महान्यायाधिवक्ताको कार्यालयले पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता गरएकत्र छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन् ।

कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । बिहीबार रञ्जन रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर उनलाई लिन गएकी थिइन् । रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् ।

प्रकाशित मिति : 09:04