नेकपा स्थायी कमिटी बैठक १ बजे सम्मका लागि स्थगित
६ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहनु भएका पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेसम्मका लागि स्थगित भएको हो ।

नेकपा स्थायी कमिटी बैठक यो सहित ८ औँ पटक बस्दैनबसी स्थगित भएको छ । यसअघि आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक विज्ञप्ति निकालेर स्थगित गरिएको थियो । प्रधानमन्त्रीको राजिनामा माग्ने समूहले नै सहमतिको माग गरिरहेका कारण बैठक अझै केही समय स्थगित गरेर सहमति खोजिने सम्भावना रहेको छ ।
प्रकाशित मिति : 11:35









