१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

राष्ट्रिय हित प्रवर्द्धन कम्युनिष्ट सरकारको विदेश नीति

७ जेठ, काठमाडाैँ । सरकारले देशको वैदेशिक नीति राष्ट्रिय हित संरक्षण र प्रवद्र्धनमा केन्द्रित रहने स्पष्ट गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वैदेशिक नीति पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व एवं राष्ट्रिय हित र न्यायमा आधारित हुने बताउनुभयो ।

विदेशस्थित नेपाली नियोगलाई राष्ट्रिय हित, पर्यटन विकास, निर्यात र लगानी प्रवद्र्धनका लागि क्रियाशील तुल्याइने बताउँदै उहाँले सरकारले विश्वका विभिन्न देशमा रहेका नेपाली नियोगको आवश्यकता, औचित्य र प्रभावकारिताको पुनरवलोकन पनि गर्ने जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाइने तथा संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यको हैसियतमा नेपालले प्रभावकारी, निष्पक्ष र रचनात्मक भूमिका निर्वाह गरी मानवाधिकारको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याइने सरकारको परराष्ट्र नीति छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १८:१७