रेणु यादवको नेतृत्वमा समाजवादी पार्टीबाट विद्रोह गरेका सांसदले नयाँ पार्टी घोषणा गर्दै
११ वैशाख, काठमाडाैँ । समाजवादी पार्टी विद्रोह गरेका रेणु यदावसहितका सांसदले आज नयाँ दलको घोषणा गर्ने भएका छन । लोकतन्त्र दिवसको दिन बिहानै संसदका सभामुख अग्नि सापकोटालाइ समाजवादी दलबाट अगल भएको जानकारी गराइ नयाँ पार्टीको बारेमा जानकारी दिइने एक सांसदले दैनिकीलाइ जानकारी दिए । उनीहरूले बिहान ८ बजेपछि दल विभाजनको बारेमा सभामुख अग्नि सापकोटालाइ जानकारी गराउने छन ।

समाजवादी पार्टी र राजपा एकता अघि नै पार्टीबाट विद्रोह गर्ने निर्णय गरेका उनीहरूले लोकतन्त्र दिवसको साइतमा नयाँ पार्टीबारे जानकारी दिने तयारी गरेका हुन । नयाँ पार्टीमा समाजवादीका रेणु यादव, मोहम्मद ईस्तियाक राइन, डा सुरेन्द्र यादव, बिमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेका छन । उता राजपाका असन्तुष्ट नेता अनिल झा र राजकिशोर यादवले पनि नयाँ दल खोल्ने विषयमा छलफल चलाउन सुरू गरेका छन ।
यो पनि पढ्नुहोस्
-समाजवादी पार्टी र राजपाबीच पार्टी एकता गर्ने सहमति (सहमति पत्रसहित)
-एकतामा असहमत अनिल झा र राजकिशोर यादव नयाँ पार्टीको तयारीमा !
प्रकाशित मिति : 06:26







