एकतामा असहमत अनिल झा र राजकिशोर यादव नयाँ पार्टीको तयारीमा !
१० वैशाख, काठमाडाैँ । राजपा बन्नुअघि छुट्टाछुट्टै पार्टीको अध्यक्ष रहेका अनिल झा र राजकिशोर यादव नयाँ पार्टीको तयारीमा जुटेको बुझिएको छ । छुट्टै दल हुँदा श्रीमतिलाइ समेत सांसद बनाउन भ्याएका उनीहरूले समाजवादी पार्टी र राजपाबीचको एकतामा असन्तुष्टि जनाएका हुन । केही नेताले मिलेर पार्टी एकता गर्ने सहमति गरे पनि सत्ताका चतुर खेलाडी दुबैको अनुपस्थितिले उनीहरू पनि नयाँ दल दर्तामा लगेको बुझिएको छ ।

यता महन्थ ठाकुर लगायतले जनता समाजवदी पार्टी गठन गर्ने सहमति गरेका छन । उनीहरूले पार्टीको झण्डा आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने, चुनाव चिन्ह राजपा नेपालको प्रयोग गर्ने सहमति समेत गरेका छन । समझदारी पत्रमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन । यता समाजवादी पार्टी रेणु यादवको नेतृत्वमा ८ जना सांसद र दुइ दर्जन केन्द्रीय नेताले नयाँ पार्टी गठन गरेको बताइएको छ । यद्यपी उनीहरूको पार्टीको नाम लगायतको विषय गोप्य राखिएको छ ।
प्रकाशित मिति : 00:16









