भूमि समस्या समाधान आयोगका पदाधिकारीकाे तलब काेराेना कोषमा जम्मा गर्ने, बैठक भत्ता नलिने
५ वैशाख, काठमाडाैँ । भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी एवम् सदस्यहरूले लकडाउन अवधिको तलब काेराेना राेकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । आयोगका पदाधिकारी एवम् सदस्यहरूले बैठक बापतको भत्ता पनि नलिने घोषणा गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले कार्यकालभरि बसेका बैठकको भत्ता नलिने र लकडाउन अवधिभरको पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने घाेषणा गरेका हुन् । आयोगका पदाधिकारीले अहिले भइरहेकै गाडी उपलब्ध गराउन समेत माग गरेको छ । सरकारी भवनमा नै कार्यालय व्यवस्थापन गर्न समेत आयोगले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति : 14:58









