प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य सामान्य
३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ह्रदयघात भएपछि चैत २९ गते गंगालाल ह्रदयरोग केन्द्रमा भर्ना हुनुभएका डा भट्टराई बुधबार अस्पतालबाट घर फर्कनुभएको हो । भट्टराई पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएपछि सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो स्वास्थ्यका बारेमा चासो लिने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाइ धन्यवाद दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ
मेरो स्वास्थमा समस्या देखापरेपछि गत चैत २९ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भई सफल Angioplasty गरी पाँच दिनको अस्पताल बसाई पश्चात आज बैशाख 3 गते डिस्चार्ज भई चिकित्सकहरुको सल्लाह बमोजिम घरमा आराम गरिरहेको छु । यस बिचमा मेरो स्वास्थ्य उपचारमा संलग्न डा चन्द्रमणी अधिकारी लगायत सम्पुर्ण चिकीत्सक तथा नर्स र हृदय केन्द्रका सम्पुर्ण सहयोगी महानुभावहरुलाई मेरो अन्तरमन देखी नै धन्यबाद भन्न चाहनछु। त्यसैगरि मेरो स्वास्थको बारेमा चासो राखी अस्पतालमा आएर वा telphone, message, सामजिक सन्जाल र अन्य माध्यमबाट स्वास्थ्यलाभ तथा शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण परिवारजन, साथिभाई, इष्टमित्र, सहयोगी, शुभेच्छुक र अन्य सम्पूर्ण महानुभावहरु प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु।
प्रकाशित मिति : 20:57









